२५ विद्यार्थीलाई दुगडको छात्रवृत्ति, ६३ जनाको आँखा शल्यक्रिया

काठमाडौँ — एमभी दुगड ग्रुपले २५ जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति घोषणा गरेको छ । ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औं जन्मोत्सवका अवसरमा उक्त घोषणा गरिएको हो ।

२५ विद्यार्थीलाई दुगडको छात्रवृत्ति, ६३ जनाको आँखा शल्यक्रिया

उच्च शिक्षा अध्ययन पूरा गर्ने सपना बोकेका तर आर्थिक स्थितिले पढाइबाट वञ्चित विद्यार्थीहरूको उच्च शिक्षामा सघाउन छात्रवृत्ति घोषणा गरिएको ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘६६६ युनिट रगत संकलन गरी वृहत रक्तदान कार्यक्रम, ६३ जनाको निशुल्क आँखाको शल्यक्रिया, २७३५ वटा वृक्ष रोपण, ६४ जना वृद्धाहरुलाई खाना, २५ जना आर्थिक रुपले कमजोर विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको छात्रवृति घोषण गरी दुगडको ७५ औं जन्मोत्सव सम्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ । कोरोनाकाललाई मध्यनजर गरी पार्टी, भोज भतेर, जमघट, भेला जस्ता अनुत्पादनशील कार्य भने यस पटक नगरिएको जनाइएको छ ।


प्रकाशित : पुस २७, २०७८ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?