२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा

काठमाडौँ — शाओमीले बनेपा र बालाजुमा आधिकारिक स्टोर खोलेको छ । गत बुधबार बनेपा–६ को गोदाम चोकमा नयाँ स्टोर खोलेको शाओमीले केही दिनपछि बालाजु, नयाँ बसपार्कको बिजी मलमा पनि नयाँ स्टोर खोलेको हो । स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्य पुरा गर्न नेपालभर नयाँ र आधुनिक स्टोरहरु खोल्ने योजना रहेको शाओमीले जनाएको छ ।   

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने ‘नयाँ स्टोरहरु खुलेपछि ग्राहकलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ साथै सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पुरा हुनेछ ।’

नयाँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरीजस्ता सम्पूर्ण रिटेलको काम मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुने उनले जानकारी दिए । ‘यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शिता कायम हुन्छ’ उनले भने । रिटेल प्रकृयाको हरेक चरणमा ग्राहकले ब्रान्डसँग सिधै अन्तरक्रिया गर्न पाउने शाओमीको दावी छ ।


प्रकाशित : पुस २७, २०७८ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?