कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

होलबडी चेकअपमा ह्याम्सको ४० प्रतिशतसम्म छुट

काठमाडौँ — काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले अंग्रेजी नयाँ वर्षको अवसर पारेर होलबडी चेकअपमा ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । अस्पतालले वेलनेस प्याकेज अन्तर्गत रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिन बेला बेलामा स्वास्थ्य परीक्षण गर्न जरुरी भएको जनाउँदै  वेलनेस सेन्टर समेत स्थापना गरेको छ । सोही वेलनेस सेन्टरमार्फत अहिले नयाँ वर्षको उपलक्ष्यमा फेब्रुअरी १२ सम्म सबै परीक्षणमा ४० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

होलबडी चेकअपमा ह्याम्सको ४० प्रतिशतसम्म छुट

होलबडी चेकअपमा अस्पतालले अघि सारेका प्याकेजमा ११ वटा छुट्टाछुट्टै प्याकेज रहेका छन् । कम्प्रिहेन्सिभ प्याकेज, डाइबेटिज हेल्थ प्याकेज, वुमन्स हेल्थ प्याकेज, सिनियर हेल्थ प्याकेज, चाइल्ड हेल्थ प्याकेज, किड्नी हेल्थ प्याकेज लगायतका ११ वटा सेवाका आधारमा विशिष्टीकृत प्याकेज रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले यसअघि पनि वेलनेस सेन्टरमार्फत सेवा दिइरहेको भए पनि अबदेखि भने प्रिभेन्टिभ हेल्थ चेकअपका लागि छुट्टै भवन बनाएर त्यहींबाट सबै सेवा एकीकृत रुपमा दिन लागेको हो । प्रिभेन्टिभ चेकअप अन्तर्गत आउने बिरामीका लागि स्वास्थ्यकर्मीदेखि सबै सेवा छुट्टै हुने बताइएको छ । पालो कुरेर बस्न नपर्ने, अन्य बिरामीसँग कुनै घुलमिल नै नहुने र आफूले भनेको समयमै आफ्ना सबै परीक्षण एकै स्थानबाट गर्न सकिने भएकाले पनि अहिले वेलनेस सेन्टरमा बिरामीको बढेको अस्पतालको जनाएको छ ।


प्रकाशित : पुस १२, २०७८ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?