३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अब नबिलको मोबाइल बैंकिङबाट ‘खल्ती’ मा पैसा राख्न सकिने

काठमाडौँ — अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले नबिल बैंकसँग सम्झौता गरेको छ । जसअनुसार नबिल बैंकका ग्राहकले नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ एप) मार्फत् खल्तीमा पैसा लोड गर्न सक्ने भएका छन् ।

अब नबिलको मोबाइल बैंकिङबाट ‘खल्ती’ मा पैसा राख्न सकिने

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बैंक तथा वालेटको यो सम्झौता डिजिटल नेपालका लागि एउटा कोसेढुंगा सावित हुने बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकलाई डिजिटल भुक्तानी सेवामा थप सहजता दिन खल्तीसँग सहकार्य गरिएको बताए ।

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक नविन पहिचान बोकेको ब्रान्ड हो । खल्ती डिजिटल वालेटबाट मोबाइल र टिभी रिचार्ज, चलचित्रको टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटमा भुक्तानी गर्न सकिन्छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताको बचतमा पनि ‘खल्ती’ ले योगदान दिँदै आएको छ ।


प्रकाशित : पुस १२, २०७८ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?