नेपालमा हुवावेको 'सीड्स फर द फ्युचर' कार्यक्रम सम्पन्न 

काठमाडौँ — हुवावेले यस वर्षको सीड्स फर द फ्युचर (ग्लोबल फ्ल्यागसिप सीएसआर) कार्यक्रम समापन गरेको छ । स्नातक तहका विद्यार्थीहरूका लागि आयोजित उक्त कार्यक्रम नेपालमा पहिलो पटक भएको हुवावेले जनाएको छ । उक्त कार्यक्रममा ९ विभिन्न आईसीटी पृष्ठभूमिबाट आएका ८ विश्वविद्यालय र १३ शैक्षिक संस्थाका १९ विद्यार्थीले भाग लिएका थिए ।

नेपालमा हुवावेको 'सीड्स फर द फ्युचर' कार्यक्रम सम्पन्न 

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र प्रदान गरे । अक्टोबर ६ र नोभेम्बर ७ मा हुवावेले सीड्सनेपाल पोर्टलमा नेपालभरबाट १३६ आवेदनहरू प्राप्त गरेको थियो जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला थियो । प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रतिष्ठित आईसीटी प्रोफेसरहरु मिलेर बनेको सीड्स फर द फ्युचर समितिले काठमाडौं उपत्यका बाहिरका ४ जनासहित १९ स्नातक विद्यार्थीहरूलाई छनोट गरेको थियो । ती विद्यार्थीहरूले अन्तर्राष्ट्रिय साथीहरुसँग ८ दिने अनलाइन तालिममा भाग लिए, 'टेकफर गुड प्रोजेक्ट'मा सहभागी भए । घान्द्रुकमा हुवावेद्वारा निर्मित फोरजी बेस स्टेशनको भ्रमण गरे र डिसहोम र एनसेलका उद्योग विशेषज्ञहरूका कक्षामा भाग लिए ।

अब ती विद्यार्थीहरूले 'टेक फर गुड' विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन् जहाँ उनीहरूले सामाजिक तथा वातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन सक्नेछन् साथै २० हजार डलर सम्मको पुरस्कार जित्न सक्नेछन् । सीड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसयता १३० देश र क्षेत्रका ९,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइ सकेका छन् ।


प्रकाशित : पुस ८, २०७८ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?