डाबर नेपालद्वारा वीर अस्पताललाई २५ लाखको उपकरण हस्तान्तरण- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डाबर नेपालद्वारा वीर अस्पताललाई २५ लाखको उपकरण हस्तान्तरण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उद्देश्यले डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत वीर अस्पताललाई २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरण सहयोग गरेको छ । 

सघन उपचारको लागि २५ लाख रुपैयाँ बराबरको उपकरण हस्तान्तरण गरेको छ । वीर अस्पताल परिसरमा सोमबार एक कार्यक्रमका बीच उक्त सहयोग हस्तान्तरण गरिएको हो । वीर अस्पतालका निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थियो ।

समारोहमा डाबर नेपालकका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक इश्वरी राना र व्यापार प्रमुख (नेपाल तथा म्यानमार) एच.एस. बेदीको उपस्थिति थियो ।


प्रकाशित : पुस ६, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिसभामा एमालेको अवरोधका बीच दुई अध्यादेश स्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल एमालेको विरोधका बीच दुई अध्यादेश स्वीकृत भएको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो ।

'यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८' र 'फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८' स्वीकृत भएको हो ।

बैठकमा दुवै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर सो प्रस्ताव बहुमत अस्विकार भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरुले विरोध गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्नेछ ।

प्रकाशित : पुस ६, २०७८ १३:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×