२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सामसङको वासिङ मेसिनमा जाडो यामको छुट योजना

काठमाडौँ — सामसङ नेपालले यस जाडो यामलाई लक्षित गर्दै वासिङ मेसिनका मोडेलहरुमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यो योजना मंसिर १२ देखि पुस मसान्तसम्म वा स्टक रहुन्जेलसम्मका लागि लागू हुने कम्पनीले जनाएको छ । 

सामसङको वासिङ मेसिनमा जाडो यामको छुट योजना

कम्पनीका अनुसार यो योजनामार्फत ग्राहकले केही वासिङ मेसिनहरुमा १७ प्रतिशतसम्म छुट पाउने छन् । योजनाद्वारा सामसङ नेपालले ग्राहकलाई जाडो याममा वासिङ मेसिनको प्रयोग गर्न तथा हालै भएको पुरानो मेसिनलाई एआई कन्ट्रोलयुक्त मेसिनसँग अपग्रेड गर्न प्रोत्साहन गर्ने कम्पनीको भनाइ छ ।

ए आई कन्ट्रोल, इको बबल र हाइजिन् स्टीम जस्ता नविनतम प्रविधिका मेसिनमा छुट अफर प्रदान गरिएको सामसङले जनाएको छ । यस अफरमा अरु प्राविधिका वासर ड्रायर र सेमी अटोमेटिक मेसिन पनि उपलब्ध छन् ।

सामसङका अनुसार नयाँ प्राविधिक वासिङ मेसिनका इको बबल प्रविधिले कठिन भन्दा कठिन दागहरु हटाउने र हाइजिन् स्टीमले ९९.९९ प्रतिशत किटाणुहरु मार्ने छ । केही वासिङ मेसिनमा एडवास सुविधा छ, जसले मेसिनमा हाल्न छुटेका कपडाहरु धोइरहेको समयमै राख्न मिल्छ ।

यस विशेषताले समय, पानी र ऊर्जा बचत हुन्छ । सामसङ वासिङ मेसिनहरुमा १ वर्षको पूर्ण वारेन्टी र डीआइटी कम्प्रेसरमा १० वर्षको वारेन्टी हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वासिङ मेसिनको खरिद गर्ने ग्राहकहरुले नि:शुल्क जडान सेवाको फाइदा पाउने छन् ।


प्रकाशित : मंसिर २३, २०७८ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?