डिजिटल प्रतिभा विकास गर्न नेपालमा हुवावेको 'सिड्स फर  द फ्युचर' कार्यक्रम 

काठमाडौँ — हुवावेले नेपालमा यस वर्षको 'सिड्स फर द फ्युचर' कार्यक्रम संचालन गरेको छ । आफ्नो ग्लोबल फ्ल्यागशिप सिएसआर कार्यक्रम नेपालका सबै आइसिटी सम्बन्धित विषयका स्नातक विद्यार्थीका लागि काठमाडौंमा कार्यक्रम आयोजना गरिएको हो । हुवावेले नेपालमा कार्यक्रम ल्याएको पहिलो वर्ष हो ।

डिजिटल प्रतिभा विकास गर्न नेपालमा हुवावेको 'सिड्स फर  द फ्युचर' कार्यक्रम 

कम्पनीका अनुसार सिड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसपछि १३० देश र क्षेत्रबाट ९ हजार भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइसकेका छन् । अक्टोबर ६ र नोभेम्बर ७ का बीच हुवावेले आफ्नो आवेदन पोर्टल 'सिड्सनेपाल डट कम'मा देशभरबाट स्नातक विद्यार्थीहरूबाट १३६ आवेदन प्राप्त गरेको थियो । प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रतिष्ठित आइसीटी प्रोफेसरहरू मिलेर बनेको फ्युचर सेलेक्सन कमिटीले २० विद्यार्थी छनोट गरेको छ ।

जसमा काठमाडौं उपत्यकाबाहिरका ४ जना छन् । छनोट भएकाले ८ दिने अनलाइन प्रशिक्षणमा भाग लिनेछन्, घान्द्रुकमा रहेको हुवावेद्वारा निर्मित फोरजी बेसस्टेशन भ्रमण गर्ने छन् । उद्योग विशेषज्ञहरुको कक्षामा उपस्थित हुन पाउनेछन् । उनीहरूले टेकफोर गुड विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने कम्पनीको दावी छ । त्यहाँ उनीहरुले सामाजिक र वावातावरणीय समस्या समाधान गर्न प्रविधिको फाइदा उठाउन र २० हजार अमेरिकी डलरसम्मको पुरस्कार जित्न सक्ने हुवावेले जनाएको छ ।

कार्यक्रममा हुवावे एसिया प्यासिफिकका उपाध्यक्ष जेचेनले यस क्षेत्रमा डिजिटल प्रतिभा विकासमा लगानी गर्ने हुवावेको योजनाको बारेमा जानकारी दिएका थिए । उनले आगामी ५ वर्षमा हुवावेले एसिया प्रशान्त क्षेत्रमा मात्रै ५ लाख आईसीटी प्रतिभा विकास गर्न थप ५ करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए ।

प्रकाशित : मंसिर २३, २०७८ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?