कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नबिल बैंकमा भिडियो कल मार्फत केवाईसी भर्न सकिने

काठमाडौँ — अब नबिल बैंकमा भिडियो कल मार्फत पनि ग्राहक पहिचान (केवाईसी) विवरण भर्न सकिने भएको छ । आफ्ना सबै सेवालाई डिजिटल बनाउने क्रममा बैंकले ‘भीकेवाईसी’ सेवा सुरु गरेको हो । बिहीबार ‘नबिल डिजिटल पोर्टल’ सार्वजनिक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले उक्त जानकारी दिएका हुन् ।

नबिल बैंकमा भिडियो कल मार्फत केवाईसी भर्न सकिने

यो सेवा सञ्चालनमा आएसँगै नबिल बैंकका ग्राहक केवाईसी विवरण भर्नकै लागि बैंकसम्म पुग्नु नपर्ने भएको छ । आफू रहेको स्थानबाट बैंकमा भिडियो कल गरेर केवाईसी विवरण भर्न सक्ने छन् । यो सुविधा झण्झटरहित रहनुका साथै ग्राहकको समय र पैसा पनि बचाउने प्रमुख कार्यकारी अधिकृत शाहले दाबी गरे ।

बैंकले सञ्चालनमा ल्याएको ‘नबिल डिजिटल पोर्टल’मार्फत बैंकका ग्राहकले एकद्वार मार्फत अनलाइन सेवाहरु प्राप्त गर्न सक्नेछन् । ‘नबिल डीजी बैंक’ नाम दिइएको उक्त पोर्टलबाट ग्राहकले फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र खुद्रा तथा एसएमई कर्जाका लागि आवेदन दिने लगायत अनलाइन सेवा पाउने बताइएको छ ।

यस्तै, अब नबिल भर्चुअल आईकार्ड पनि अनलाइनबाट प्राप्त गर्न सकिने सुविधा बैंकले ल्याएको छ । यो नेपालबाट अनलाइनमार्फत विदेशमा अमेरिकी डलरमा भुक्तानी गर्न मिल्ने कार्ड हो । हाल एक वर्षमा बढीमा ५ सय अमेरिकी डलरसम्म नेपालबाटै अनलाइनमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था छ । उक्त कार्ड वाणिज्य बैंकहरुले जारी गर्न सक्छन् । अहिले नबिल बैंकले त्यहीं कार्डको खर्च अनलाइनमार्फत गर्न सक्ने सेवा सुरु गरेको हो ।


प्रकाशित : मंसिर २३, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?