निगमले सोभिनियर काउन्टर शुरु गर्‍यो

काठमाडौँ — नेपाल वायुसेवा निगमले नेपाली मौलिक उत्पादनहरु यात्रुलाई बिक्रीको रुपमा उपलव्ध गराउन निगमको टिकट बिक्री कक्षमा बुधबारदेखी सोभेनियर सेल्स काउण्टर स्थापना गरेको छ ।

निगमले सोभिनियर काउन्टर शुरु गर्‍यो

निगम मुख्यालयमा रहेको टिकट बिक्री कक्षमा स्थापना गरिएको सेल्स काउण्टरमा नेपाली कच्चा पदार्थ बाँस, घाँस आदिबाट बनेका ढक्की, व्यालेट, पर्स, कप, टि–म्याट, विमान चढ्दा सजिलोको लागि लगाउने नेक पिलो, विमानका नमूना आदी सामान राखिएका छन् ।

निगमले सोभिनियर काउन्टर अन्य कार्यालयहरुमा पनि खोल्दै जाने लक्ष्य राखिएको विज्ञप्तीमार्फत जनाएको छ ।

प्रकाशित : मंसिर २२, २०७८ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?