हुन्डाईले नेपाली बजारमा ल्यायो ‘कोना इलेक्ट्रिक’ कार 

काठमाडौँ — हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय कार ‘कोना’ नेपाली बजारमा सार्वजनिक गरेको छ । विगत २ वर्षदेखि बिक्री हुँदै आएको हुन्डाई कोना एक सफल क्रसओभर कार हो । कम्पनीका अनुसार नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने सुरक्षा र एड्भान्स कनेक्टिभिटी फिचर थप भएर आएको छ ।

हुन्डाईले नेपाली बजारमा ल्यायो ‘कोना इलेक्ट्रिक’ कार 

नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्ट, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ, जस्ता आधुनिक विशेषता रहेको कम्पनीले जनाएको छ । कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डेटाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयूक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सिटी रहन गई रेन्ज समेत बढ्ने छ । ब्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्याण्डलिङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ ।

कोनामा रहेको ८ इन्चको टचस्कृनयूक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई आनन्दित बनाउँछ । नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइट जस्ता कलर अप्सनमा उपलब्ध हुनेछ । विद्युतीय गाडी (इभी)का लागि अनिवार्य चार्जिङ स्टेसनलाई पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर विस्तार गर्दै आएको छ । हाल नेपालको विभिन्न ३६ स्थानमा चार्जिङ स्टेशन स्थापना भइसकेको छ । कम्पनीले यसै वर्षभित्र ५० चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य लिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर रहेका १३ डिलर र १७ वटा सर्भिस सेन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हुन्डाई विश्वको ठूला ५ कार निर्मातामा पर्ने अटोमोवाइल उत्पादक कम्पनी हो ।


प्रकाशित : मंसिर २०, २०७८ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?