कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेद्वारा सपथ ग्रहण 

काठमाडौँ — सिभिल बैंकका नवनियूक्त अध्यक्ष प्रतापजंग पाण्डेले सपथ ग्रहण गरेका छन् । पाण्डेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेद्वारा सपथ ग्रहण 

सो अवसरमा पाण्डेले राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरूमा अझ सशक्त रुपमा अगाडि बढाउँदै लैजाने उनको भनाइ छ ।बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा रहेको उनले बताए ।

पाण्डेले बैंकका सबै सरोकारवालाहरूको हित हुने गरी सम्मानजनक मर्जरको लागि सदैव तयार रहेको बताए । सिभिल बैंकको संचालक समितिको ३६२ औं बैठकबाट पाण्डे अध्यक्ष छनौट भएका हुन् ।


प्रकाशित : मंसिर २०, २०७८ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?