लुम्बिनी विकास बैंकको एकसाथ ५ शाखा कार्यालय

काठमाडौँ — लुम्बिनी विकास बैंकले देशका विभिन्न ठाउँमा एकसाथ ५ शाखा कार्यालय संचालनमा ल्याएको छ । काठमाडौंको नयाँ बानेश्वर, रुपन्देहीको मणिग्राम  र नवलपरासीको बर्दघाटमा शाखा कार्यालय संचालनमा आएको छ । त्यस्तै दाङको घोराही, बाँकेको कोहलपुर शाखा कार्यालय संचालनमा आएको छ । 

लुम्बिनी विकास बैंकको एकसाथ ५ शाखा कार्यालय

नयाँ बानेश्वर शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र अंजु कुमारी गुप्ताले संयूक्त रुपमा गरे । बर्दघाट शाखाको नगरपालिकाका उप – प्रमुख मायादेवी पौडेल र बैंकका सञ्चालक केशब खतिवडाले संयूक्त रुपमा रुपमा उदघाटन गरे । मणिग्राम शाखाको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले संयूक्त रुपमा उद्घाटन गरे ।

त्यस्तै घोराही शाखाको घोराही उप – महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, जिल्लाउद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देलले संयूक्त रुपमा उद्घाटन गरे । कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले संयूक्त रुपमा गरे । बैंकको देशभर ७७ वटा शाखा कार्यालय संचालनमा छन् ।


प्रकाशित : मंसिर १९, २०७८ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?