कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

यामाहा रेजेडआर १२५ एफआईको माइलेज प्रतियोगिता 

काठमाडौँ — यामाहाको रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ । उच्चतम फ्यूल इफिसेन्सीका लागि  रेजेडआर १२५ एफआई स्कुटरको र्‍याली शुक्रबार आयोजना गरिएको थियो ।

यामाहा रेजेडआर १२५ एफआईको माइलेज प्रतियोगिता 

बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको १६ किलोमिटर दूरीमा यामाहाको माइलेज प्रतियोगिता भएको हो । सबै रेजेडआर १२५ एफआइ चालकहरूलाई प्रतियोगितामा सहभागी हुन यामाहा शोरूम बल्खुमा बोलाइएको थियो । यस पटकको र्‍यालीको बिजेता प्रति लिटर ६१.४२ किलोमिटरका साथ उज्वला घिमिरे बनिन् । त्यसैगरी, प्रति लिटर ५८.९६ किलोमिटरका साथ सुमन महर्जनले दोस्रो स्थान हासिल गर्न सफल भए । त्यस्तै सुनिल लम्साल प्रति लिटर ५७.६ किलोमिटरका साथ तेस्रो भएका छन् ।

यो स्कुटरले प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने कम्पनीको दावी छ । एमएडब्लु इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने ‘यो प्रतियोगितासँगै ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुनेछन् । हामीलाई आशा छ यस प्रतियोगिताले स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्नेछ ।’ बाइक इन्डिया अवार्डले हालै यामाहाको रेजेडआर १२५ एफआईलाई वर्षको उत्कृष्ट स्कुटर अवार्ड प्रदान गरेको छ ।


प्रकाशित : मंसिर १९, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?