होण्डाको नयाँ कार एमेज- २०२१ नेपालमा सार्वजनिक 

काठमाडौँ — होण्डाले नयाँ कार एमएमसी एमेज २०२१ नेपालमा सार्वजनिक गरेको छ । होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियर्सका साथ नयाा कार बजारमा ल्याएको हो । 

होण्डाको नयाँ कार एमेज- २०२१ नेपालमा सार्वजनिक 

यसमा एड्भान्स्ड एलइडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलइडी डिआरएलका साथै एड्भान्स्ड फ्रन्ट फग ल्याम्प समावेश छ । यसको अर्को आकर्षण पक्ष भनेको 'डायमण्ड कट् टू टोन मल्टी स्पोक आर–१५ एलोए ह्विल्स' हो । यो कारले सुरक्षाका लागि एनसीएपीबाट ४ स्टार सेफ्टी रेटिङ्ग समेत पाएको छ । कारमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिडसम्मको सीभीटी गियरबक्स् रहेको छ ।

कारमा रहेको स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ । अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम सी आकारको एलइडी कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डल जस्ता विशेषता कारमा रहेको छ ।


प्रकाशित : मंसिर १९, २०७८ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?