केएल दुगडको स्वस्तिक आयललाई उत्कृष्ट निर्यात कम्पनीको सम्मान

काठमाडौँ — केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिजलाई उत्कृष्ट निर्यात कम्पनीको सम्मान मिलेको छ । आर्थिक वर्ष २०७७/७८मा मोरङ–सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरणमा योगदान गरेकोमा मोरङ व्यापार संघले सम्मान गरेको हो ।

केएल दुगडको स्वस्तिक आयललाई उत्कृष्ट निर्यात कम्पनीको सम्मान

संघको ६५औं वार्षिक साधारण सभाको उद्घाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले स्वस्तिक आयल इण्डष्ट्रिका संचालक विकास दुगडलाई सम्मानपत्र प्रदान गरे । सो इण्डष्ट्रिजले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावर लगायत तेल उत्पादन गरी विक्री वितरण गर्दै आएको छ ।

प्रकाशित : मंसिर १७, २०७८ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?