थलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा 

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ स्थित थली शाखा कार्यालय संचालनमा ल्याएको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार विधिवत रुपमा उक्त शाखाको उद्घाटन गरे । 

थलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा 

उक्त अवसरमा नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिकामा एक लाख तीन हजार जनसंख्या रहेको र नगर सबै दृष्टिकोणले सम्भावनायुक्त भएको बताए । उनले सरकारी राष्ट्रिय वाणिज्य बैंकलाई सबैको सहयोग रहने बताए । बैंक संचालक समितिका अध्यक्ष डा. बलराम पाठकले सेवाको आधारमा पनि एक नम्बरको बैंक हुने बताए ।

प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सबै खाले बैंकिङ्ग सेवा दिदैं आम नागरिकमा वित्तीय पहुाच विस्तार गरिरहेको बताए । बैंकको हाल देशभर २५६ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ सेवा संचालनमा छ ।


प्रकाशित : मंसिर १६, २०७८ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?