२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एलजी 'एयर प्युरिफायर ३६०' नेपाली बजारमा 

काठमाडौँ — सीजी इलेक्ट्रोनिक्सले एलजी एयर प्युरिफायर ३६० नेपाली बजारमा ल्याएको छ । ३६० डिग्री प्युरिफिकेसनले चौतर्फी दिशाबाट हावालाई सक्सन गरी कोठाको सबैतिर प्युरिफिकेसन दिने सीजीले जनाएको छ । यस एयर प्युरिफायरले शक्तिशाली फिल्टरेशन प्रदान गर्ने र हावामा हानिकारक पदार्थहरु कम गर्ने कम्पनीको भनाइ छ । 

एलजी 'एयर प्युरिफायर ३६०' नेपाली बजारमा 

‘हावामा तैरिरहेको भाइरस र किटाणुहरुलाई हटाइ एलजी एयर प्युरिफायर ३६०ले ठाउा सफा र आरामदायी राख्छ’ सिजीले भनेको छ ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजि (नासा)द्वारा निर्मित बोईङ ७४७मा प्रयोग भएको अध्याधुनिक एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजीको मद्दतले हावाको एयर फ्लो उच्चतम गराई एयर रेसिसटेन्स् र फ्रिक्सन घटाउँछ ।’

६ वटा पत्र भएको विभिन्न स्वस्थ मापदण्डबाट प्रमाणित मल्टी फिल्टरेसन सिस्टमको फिल्टरले घरभित्र भएको ब्याक्टेरिया, भाइरस, धुलो लगायत प्रदुषणलाई ९९.९९ प्रतिशत हटाउने कम्पनीको दावी छ । ‘पीएम‍. १.० सेन्सरको साथै आयोनाइजरले अति सुक्ष्म कणलाई पनि पत्ता लगाई हटाउँछ, साथै न्यानो आयोनले फिल्टर गर्न असमर्थ एयरबोन पाटिकल्सलाई पनि निष्कृय पार्दछ’ सिजीको दावी छ । यसको प्युरिफायरले सफा हावा ७.५ मिटरसम्म पुर्‍याउने तथा प्युरिफायरमा १० वर्षको वारेण्टी पनि रहेको सिजीले जनाएको छ ।


प्रकाशित : मंसिर १६, २०७८ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?