डाबर नेपाल र आईसीआईएमओडी सम्झौता, बैतडीमा २५ हजार टिमुरका बिरुवा रोपिने- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डाबर नेपाल र आईसीआईएमओडी सम्झौता, बैतडीमा २५ हजार टिमुरका बिरुवा रोपिने

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (आईसीआईएमओडी) र डाबर नेपाल प्रालिबीच एक सम्झौतामा हस्ताक्षर भएको छ । आइसीआईएमओडीका तर्फबाट महानिर्देशक पेमा ग्याम्त्सो र डाबर नेपालको तर्फबाट बिजनेस हेड (नेपाल र म्यानमार) हरकिराँत सिंह बेदीले सम्झौतामा हस्ताक्षर गरे ।

कार्यक्रममा आईसीआईएमओडीका रणनीतिक सहयोग निर्देशक वसन्तराज श्रेष्ठ र डाबर नेपालका 'मेडिस्नल प्लान्ट' प्रमुख अरविन्द रानाको उपस्थिति थियो । बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको प्रयोग गरी वन र आर्थिक उत्पादकत्व बढाइ जीविकोपार्जन तथा संरक्षणको परिणाम हासिल गर्नु नै सम्झौताको उद्देश्य रहेको बताइएको छ ।

भौगोलिक र हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना रहेकाले सो सम्भाव्यताका आधारमा तालकोला सामुदायिक वन प्रयोगकर्ता समूह, डाबर नेपाल र आईसीआईएमओडीले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५ हजार टिमुर बिरुवा रोप्ने सहकार्य गर्दैछन् । यो सार्वजनिक (निजी) सामुदायिक साझेदारीले इकोसिस्टम पुनर्स्थापना, जीविकोपार्जनका विकल्पहरूलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने दावी गरिएको छ ।


प्रकाशित : मंसिर १६, २०७८ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्

हलेसीमा चार महिनामै १२ लाख भेटी

डम्बरसिं राई

खोटाङ — कोरोनाले बन्द हलेसी मन्दिर खुलेको चार महिनामा १२ लाख बढी भेटी संकलन भएको छ । गत साउन १ गतेदेखि मंसिर दोस्रो सातासम्म हलेसी दर्शनमा आउँने तीर्थालुबाट १२ लाख ८० हजार रुपैयाँ भेटी संकलन भएको हो ।

हलेसी मन्दिरको शिव पार्वती थानमा आठ लाख ८४ हजार पाँच सय ३० रुपैयाँ, दान हलेसी प्राङ्गणको दान पेटिकाबाट एक लाख ९८ हजार आठ सय ५५ रुपैयाँ, बसाहा गुफा दान पेटिकाबाट ८२ हजार एक सय ७० रुपैयाँ र गणेश मन्दिर दान पेटिकाबाट ३४ हजार पाँच सय २५ रुपैयाँ भेटी रकम संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।

संकलन भएको भेटीमध्ये पाँच लाख ३२ हजार १४ रुपैयाँ खर्च गरिएको छ । बाँकी रहेको ६ लाख ६८ हजार ६६ रुपैयाँ माछापुच्छ्रे बैंकको हलेसी शाखामा जम्मा गरिएको राईले सुनाए । यस अवधिमा भारु तीन हजार नौ सय ३५, चाँदी ६१ दशमलव सात ग्राम, सुन शून्य दशमलव सात ग्राम र अमेरिकन डलर तीन जम्मा भएको छ ।

मन्दिरबाट संकलन भएको भेटीबाट मन्दिर वरिपरि, दिव्यध्वनि, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रंगरोगन, बसाहा थान धाराको ढल निकास (जेसीभी प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोग लगायतमा खर्च भएको राईले जनाए ।

हलेसीमा नेपालसहित भारत, चीन, भुटान, जापान, श्रीलंका, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकनकर्ता आउने गरेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रिमा सात दिन र हरितालिका तीजमा तीन दिन मेला लाग्ने गरेको छ ।

प्रकाशित : मंसिर १६, २०७८ १८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×