कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

६ व्यवसायिक फर्मलाई ४५ हजार जरिवाना

काठमाडौँ — सरसफाइमा ध्यान नदिएको, बिलबिजक जारी नगरेकाे भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ व्यवसायिक फर्मलाई ४५ हजार रुपैयाँ जरिवाना गरेको छ । काठमाडौं महानगरपालिकामा रहेको प्रदिप जयसवाल, जेन्ट्स भाइब, अक्षर मण्डल कलेक्सन सेन्टर, मकबुल ट्रेडर्स, गुन्जाओ कलेक्सन सेन्टर र शिवचन्द्र मण्डललाई उक्त रकम जरिवाना गरिएको हो ।

६ व्यवसायिक फर्मलाई ४५ हजार जरिवाना

बजार अनुगमन गर्ने दायित्व पाएको विभागले मंगलबार गरेको अनुगमनमा ती व्यवसायीलाई अनुगमनस्थलमै जरिवाना गरेको हो । ‘खाद्य वस्तु बिक्री गर्ने प्रदिप जयसवाललाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ को (घ) तथा ३९, १ (क) अनुसार तत्काल १० हजार रुपैयाँ, रेडिमेड तथा थान कपडा बिक्री गर्ने अक्षर मण्डललाई १० हजार, जुत्ता चप्पलको कारोबार गर्ने जेन्ट्स भाइबलाई ५ हजार रुपैयाँ जरिवाना गरेका छौ,’ विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलले भने, ‘रेडिमेड तथा थान कपडा बिक्री गर्ने मकबुललाई पनि ऐनको सोही दफा अनुसार १० हजार, गुन्जाओलाई ५ हजार र शिबचन्द्र मण्डललाई ५ हजार जरिवाना गरेका छौं ।’

प्रकाशित : मंसिर १५, २०७८ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?