कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सामसङ विन्टर स्किम योजनाको तेस्रो लक्की ड्रबाट २१ विजेता छनौट

काठमाडौँ — सामसङ मोबाइलले ग्राहकलाई लक्षित गरेर ल्याएको उपहार योजनाको तेस्रो लक्की ड्र गरिएको छ । नोभेम्बर १ देखि ३० तारिखसम्म संचालन गरिएको उपहार योजनाअन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्छन् ।

सामसङ विन्टर स्किम योजनाको तेस्रो लक्की ड्रबाट २१ विजेता छनौट

लक्की ड्रद्वारा विजेता घोषणा गरिँदै आएको छ । योजनाको तेस्रो लक्की ड्रमा नोभेम्बर २० देखि २६ तारिखसम्मको अवधिलाई समेटिएको छ । सो अवधिमा मोबाइल वा ट्याब खरिद गरेकालाई एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरिएको थियो ।

प्राप्त सो सिरियल नम्बरका ग्राहकलाई समावेश गरी लक्की ड्र कार्यक्रमबाट विजेता छनौट भएका हुन् । विजेताको सिरियल नम्वर सामसङको फेसबुक पेजमा राखिएको छ । विजेताले ७ दिनभित्र कागजातसहित उपहार दावी गर्नुपर्नेछ । ‘यस योजनामा ग्राहकले देखाउनु भएको उत्साह र सहभागिताले हामीलाई हौसला प्रदान गरेको छ’ सामसङ मोबाइलका निर्देशक प्रनय रत्न स्थापितले भने ।


प्रकाशित : मंसिर १५, २०७८ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?