२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सामसङको नयाँ सफ्टवेयर ‘वान् युआइ ४ अद्यावधिक’ 

काठमाडौँ — सामसङ  इलेक्ट्रोनिक्सले नयाँ सफ्टवेयर वान् यूआई ४ को औपचारिक घोषणा गरेको छ ।  जुन ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा सिरिजमा पहिलो पटक समावेश हुने कम्पनीले जनाएको छ ।

सामसङको नयाँ सफ्टवेयर ‘वान् युआइ ४ अद्यावधिक’ 

वान् यूआई ४ ले ग्राहकलाई एक उन्नत मोबाइलको अनुभव दिलाउने सामसङको दावी छ । ‘हामी जोकोहीलाई सम्भव भएसम्म छिटोभन्दा छिटो उत्कृष्ट मोबाइलको अनुभव दिलाउन प्रतिबद्ध छौं’ सामसङ नेपालका डाइरेक्टर प्रनयरत्न स्थापितले भने ‘वान् यूआई ४ मार्फत सामसङले नवीनतम, गोपनीय र सुरक्षाका विशेषता ल्याएको छ, जसले गर्दा ग्राहकले के साझा गर्ने र के गोप्य राख्ने भनेर सही रुपमा चयन गर्न सक्नेछन् ।’

जब कुनै एपले ग्राहकको क्यामरा वा माइक्रोफोनमा पहुाच राख्ने प्रयास गरिरहेको हुन्छ त्यस समयमा यसले सचेत गराउने उनले बताए । ग्यालेक्सी एस २१ सिरिजमा नोभेम्बर १५ देखि वान् युआइ ४ उपलब्ध भएको छ । छिट्टै नै पहिलेको ग्यालेक्सी एस र नोट सिरिजका साथै ग्यालेक्सी जेड सिरिज, ए सिरिज र ट्याब्लेटहरुमा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो घोषणा शुरु भएको ग्यालेक्सी घडी सिरिजको लागि नयाँ सफ्टवेयर अद्यावधिकसँगै गरिएको कम्पनीले स्पष्ट पारेको छ ।


प्रकाशित : मंसिर १४, २०७८ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?