कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कर्न ब्राण्डका विश्वस्तरीय 'स्मार्ट वाच' नेपाली बजारमा

क्यामियोले भित्र्यायो ३ ओटा मोडल

काठमाडौँ — अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा 'स्मार्ट वाच'का ३ नयाँ मोडल लन्च गरेको छ । कम्पनीको नेपालका लागि एक मात्र आधिकारिक आयातकर्ता तथा बितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बीच नेपालमा नयाँ स्मार्ट वाचको घोषणा गरेको हो । कर्नका विश्वस्तरीय स्मार्ट वाचहरु डब्लूबी ०२, डब्लूबी ०३ र डब्लूबी ०५ अब नेपालमा उपलब्ध भएका छन् ।

कर्न ब्राण्डका विश्वस्तरीय 'स्मार्ट वाच' नेपाली बजारमा

यी स्मार्ट वाचमा एमोलेड डिस्प्ले, वाटरप्रुफ फिचर, बिग ब्याट्री क्यापासिटी, नर्डिक सीपीयू लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ । साथै प्रमुख विशेषतामा ३६५ दिनको वारेन्टी उपलव्ध छ ।

कम्पनीका म्यानेजिङ डाइरेक्टर राज गुप्ताले नेपाली बजारमा विश्वस्तरका गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराउँदै आएकोमा अब 'स्मार्ट वाच' पनि ल्याएको बताए । कम्पनीले नेपाली बजारमा लन्च गरेका तीन ओटा मोडलका स्मार्टवाचहरुको मूल्य डब्लूबी ०२ को ७ हजार ९९९ रूपैयाँ, डब्लूबी ०३ को ८ हजार १९९ र डब्लूबी ०५ को ११ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

सन् २०१८ मा शुरु भएको कर्न ब्राण्ड विश्वका ३७ वटा भन्दा बढी देशहरुमा बिक्री हुँदै आएको छ ।


प्रकाशित : मंसिर १४, २०७८ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?