सिद्धार्थ बैंकका ग्राहकलाई स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा २५ प्रतिशतसम्म छुट

काठमाडौँ — सिद्धार्थ बैंक र वीरगञ्जको बहुअरी स्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच एक सम्झौता भएको छ । सिद्धार्थ बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट वीरगञ्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने तथा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक निमेश पल रमनले हस्ताक्षर गरे । 

सिद्धार्थ बैंकका ग्राहकलाई स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा २५ प्रतिशतसम्म छुट

सम्झौता अनुसार बैंकका ग्राहकहरुले स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग प्रयोग गरी भुक्तानी गरेबापत विभिन्न सेवा शुल्कमा २५ प्रतिशतसम्मको छुट पाउने छन् ।

यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै डिजिटल कारोबारमा प्रेरित गर्ने बैंकको भनाइ छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन विभिन्न सुविधा प्रदान गर्दै आएको छ ।


प्रकाशित : मंसिर १४, २०७८ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?