२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बिलबिजक जारी नगर्ने फ्रिस्टाइल र सिद्धी विनायकलाई २०/२० हजार जरिवाना

काठमाडौँ — बिलबिजक जारी नगरी कारोबार गर्ने फ्रिस्टाइल क्लोथिङ र सिद्धी विनायक स्वीट्स प्रालि कारबाहीमा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार गरेको अनुगमनमा काठमाडौं नगरपालिका १ मा रहेको क्लोथिङ र भक्तपुरको ठिमी नगरपालिका १ मा रहेको स्वीट्सलाई २०/२० हजार रुपैयाँ जरिवाना गरिएको हो । 

बिलबिजक जारी नगर्ने फ्रिस्टाइल र सिद्धी विनायकलाई २०/२० हजार जरिवाना

विभागका निरीक्षक अधिकृत धनेश्वर पौडेलका अनुसार दुबै पसलले बिलबिजक जारी नगरी कारोबार गरेका थिए । स्वीट्सले सरसफाईमा समेत लापरवाही गरेपछि उपभोक्ता संरक्षण ऐन अनुसार अनुगमनस्थलमै जरिवाना गरिएको उनले बताए ।

‘बिलबिजकसँगै सरसरफाइमा समेत ध्यान नदिएपछि ऐनको दफाअनुसार २०/२० हजार रुपैयाँ जरिवाना गरेका छौँ’ उनले भने । यस्तै, विभागको अनुगमन टोलीले पाटन सुज सेन्टर र लेडिज प्लाटिनियमलाई कागजातसहित ३ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।


प्रकाशित : मंसिर १४, २०७८ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?