एफएनसीसीआई र त्रिविको स्कुल अफ म्यानेजमेन्टबीच ‘इण्डष्ट्री एकेडेमी’ गठन गर्ने सहमति 

काठमाडौँ — निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्य हुने भएको छ । दुवै संस्था इण्डष्ट्री एकेडेमी मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् । 

एफएनसीसीआई र त्रिविको स्कुल अफ म्यानेजमेन्टबीच ‘इण्डष्ट्री एकेडेमी’ गठन गर्ने सहमति 

महासंघको वस्तुुगत परिषद् र सोमटुुद्वारा संयुक्त रुपमा आइतबार महासंघ सचिवालयमा आयोजना भएको छलफल कार्यक्रममा उक्त सहमति भएको हो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योग, स्टार्टअप, मेडइन नेपाल जस्ता अभियानलाई महासंघले विशेष जोड दिएको बताए । त्यसको लागि त्रिविबाट जनशक्ति विकासमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा महासंघका तर्फबाट दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने, आफ्नो क्षेत्रमा नेतृत्व तयार गर्नेगरी शैक्षिक कोर्ष संशोधन गर्नुपर्ने सुुझाव दिइएको थियो । शैक्षिक कोर्ष संशोधन गर्दा शिक्षालाई व्यवहारिक उपयोगी बनाउने, जनशक्ति व्यवस्थापन, गुणस्तर सुधार, आपूर्ति श्रृंखलाको व्यवस्थापन, ईकमर्सलाई उच्च प्राथमिकता, वाणिज्य मध्यस्थता, ट्रेड डाटा एनालाइसिस जस्ता पक्षलाई पनि समेटनुु पर्ने सुुझाव सो अवसरमा निजी क्षेत्रबाट दिइएको थियो ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले विश्वविद्यालयले दिने शिक्षा व्यवहार उपयोगी, मुुलुकको उद्योग व्यवसाय, सीप विकासमा केन्द्रित रही उच्च प्राविधिक ज्ञान दिने खालको हुुनुुपर्ने सुुझाव दिए ।


प्रकाशित : मंसिर १३, २०७८ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?