प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता 

काठमाडौँ — नेपाल पेमेन्ट सोलुसन्स र प्राइम कमर्सियल बैंकबीच सम्झौता भएको छ । सोलुसन्सले डिजिटल प्रणाली विस्तार गर्दै बैंकसँग सम्झौता गरेको छ । सोलुसन्सको तर्फबाट प्रताप श्रेष्ठ र अभय रिजाल तथा बैंकका तर्फबाट नकुल पौडेल र शिव प्रकाश ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता 

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले बैंकसँग डिजिटल प्रणाली विस्तार गरेसँगै अब प्राइम बैंकसँग आवद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सको चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीमार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली 'एग्रीगेटर' हो जसले विशेष गरी बैंक तथा वित्तीय संस्थाहरु, पीएसपीहरु, रेमिट्यान्स कम्पनी र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसन्सले ५० भन्दा बढी बैंक, २० भन्दा बढी वालेट तथा १५ भन्दा बढी रेमिट्यान्स कम्पनी जोड्दै अघि बढिरहेको छ ।


प्रकाशित : मंसिर १२, २०७८ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?