कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

‘गार्डेन मार्ट’को शाखा नेपालगञ्जमा 

काठमाडौँ — शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगञ्जमा ‘गार्डेन मार्ट’ को १४ औं शाखा सञ्चालनमा ल्याएको छ । आफ्ना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउन यो मार्ट सञ्चालनमा ल्यइएको हो । 

‘गार्डेन मार्ट’को शाखा नेपालगञ्जमा 

पश्चिम नेपालको व्यवसायिक हवका रुपमा रहेको नेपालगञ्जमा शिवशिखर सहकारीले आफ्नै भवन किनेर यो मार्ट सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष केदारनाथ शर्माले बताए । अध्यक्ष शर्माका अनुसार हाल २ सय ८० जनाले यहाँ प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । यो वर्ष लक्ष्य अनुसार शाखा विस्तार भएको खण्डमा झण्डै १२ सयले प्रत्यक्ष रुपमा रोजगारी पाउने अध्यक्ष शर्माले दावी गरे ।

‘मोफसलका ग्राहकलाई समेत एउटै छानामुनि आधुनिक किनमेलको अनुभव दिलाउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याएका हौं’ अध्यक्ष शर्माले भने ‘हाम्रो मार्टमा उपभोक्ताले बाहिरका पसलहरुमा जसरी बार्गेनिङ गरिरहनुपर्दैन ।’ यो मार्टमा विभिन्न ब्राण्डका चामल, दाल, चिनी, चियापत्ति, चकलेट, घ्यू, मह, जुस लगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जा, गार्मेन्ट्सका प्रोडक्ट, भाँडा, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्याग लगायतका सामग्री उपलव्ध छ ।

शुभारम्भको अवसरमा मार्टले सम्पूर्ण सामग्रीहरुमा विषेश छुटको समेत व्यवस्था गरेको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी भएकाले बचत तथा ऋण संकलनका अतिरिक्त शेयर सदस्यलाई प्रत्यक्ष फाइदा पुर्‍याउने उदेश्यले अन्य विभिन्न क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ ।

प्रकाशित : मंसिर १२, २०७८ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?