खल्तीलाई स्टार्टअप सक्सेस अवार्ड- बजार - कान्तिपुर समाचार

खल्तीलाई स्टार्टअप सक्सेस अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘स्टार्टअप सक्सेस अवार्ड’ बाट डिजिटल वालेट खल्ती सम्मानित भएको छ ।

न्यु बिजनेस एजले आयोजना गरेको ‘न्यु बिज स्टार्टअप समिट एन्ड अवार्ड २०२१’ मा खल्ती (स्प्यारो पे) लाई उक्त अवार्डबाट सम्मानित गरिएको जनाइएको छ ।

सो अवसरमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले पाँच वर्षको यात्रामा खल्ती स्टार्टअपबाट एक कर्पोरेट हाउस बनेको जानकारी दिए ।

हाल खल्तीका २० लाख प्रयोगकर्ता रहको कम्पनीले बताएको छ ।

प्रकाशित : मंसिर ११, २०७८ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्

एनआईसी एसियालाई आईएसओ प्रमाणपत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकले इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डराइजेसन (आईएसओ) बाट आईएसओ २७००१:२०१३ को मापदण्ड प्रमाणपत्र पाएको छ ।

उक्त मापदण्डअनुसार बैंकले आफ्ना ग्राहकको व्यक्तिगत जानकारीको सुरक्षामा सुधार गर्दै लाने जनाएको छ ।

साथै त्यस्ता विवरणको सुरक्षा निश्चित गरेको देखाएबापत बैंकलाई क्वालिटी अस्ट्रियासँग आबद्ध सर्टिफिकेसन एन्ड इन्फर्मेसन सेक्युरिटी सर्भिस जीएमबीएचले उक्त प्रमाणपत्र प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर ११, २०७८ २०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×