महिन्द्राको सब- डिलर स्याङ्जा र बाग्लुङमा - बजार - कान्तिपुर समाचार

महिन्द्राको सब- डिलर स्याङ्जा र बाग्लुङमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — महिन्द्रा फोर व्हीलरको अधिकृत बिक्रेता अग्नी समूहको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले स्याङ्जा र बागलुङमा सब डिलर संचालनमा ल्याएको छ ।  पुतलीबजारमा 'ऊँ नम शिवाय सर्भिसिङ्ग सेन्टर'का नामबाट सब डिलर संचालनमा आएको छ । बागलुङको गलकोटमा श्रेष्ठ मोटो पार्टस् नामबाट डिलर संचालनमा आएको छ । 

ऊँ नम शिवाय सर्भिसिङ्ग सेन्टरको उद्घाटन प्रमुख अतिथि उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्र मान श्रेष्ठ, अग्नी ग्रुप काठमाडौंका प्रतिनिधि तथा स्पेयर पार्ट्स हेड युगल सिङ्ग र अन्य माननीय अतिथिहरुद्वारा सामूहिक रुपमा गरिएको थियो ।

त्यस्तै, श्रेष्ठ मोटो पार्टसको उद्घाटन बाग्लुङ नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर बिक, विशिष्ट अतिथि विभिन्न राजनीतिक पार्टीका स्थानीय प्रतिनिधि, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुका साथै अन्य अतिथिहरुले सामूहिक रुपमा गरेका थिए ।


प्रकाशित : मंसिर १०, २०७८ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्

एमाले उपाध्यक्षमा घनश्याम भूसालको उम्मेदवारी घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । कान्तिपुरसँग कुरा गर्दै उनले सबै पक्षसँग सल्लाहपछि उपाध्यक्षमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए ।


'सबै साथीहरूसँग सल्लाहपछि उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु' भूसालले भने । यसअघि नेता भूसाललाई उनी निकट नेता तथा कार्यकर्ताहरूले अध्यक्षमा नै उम्मेदवारी दिन सल्लाह दिएका थिए ।

भूसाल निकट नेताहरूका अनुसार भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भएपछि उनी पछि हटेका हुन् । एमालेको विधानमा चार उपाध्यक्षको व्यवस्था रहेको छ ।

चितवनमा शुक्रबार नेकपा एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोह सकिएलगत्तै उनले आफू उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यद्यपि उनले औपचारिक घोषणा भने गरिसकेका छैनन।

शनिबार बन्दसत्र सुरु हुनुअघि नै उनले आफ्नो उम्मेदवारीबारे सार्वजनिक रुपमा घोषणा गर्ने बुझिएको छ । शुक्रबार राति ८ बजे नै एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ । यसअघि अध्यक्ष केपी ओलीले भने १०औं महाधिवेशनमा प्रतिस्पर्धा गर्नुअघि परिणामबारे पनि सचेत रहनुपर्ने प्रतिक्रिया दिएका थिए ।

प्रतिस्पर्धा गर्नेले परिणाम पनि ख्याल गर्नुपर्छ : ओली

प्रकाशित : मंसिर १०, २०७८ १९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×