कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाल्ट्राको ‘हरेक हप्ता सुनको सिठ्ठी योजना’का विजेता घोषित

काठमाडौँ — चाडपर्वलाई लक्षित गर्दै बाल्ट्रा होम एप्लायन्सले सर्वसाधारणका लागि ल्याएको ‘बाल्ट्रा बडा उत्सव’ योजना अन्तर्गतका विजेताहरु सार्वजनिक गरेको छ ।

बाल्ट्राको ‘हरेक हप्ता सुनको सिठ्ठी योजना’का विजेता घोषित

पहिलो, दोस्रो र तेस्रो हप्ताका विजेताहरु सार्वजनिक गरिएको बाल्ट्राले जनाएको छ । बाल्ट्राको कुनै पनि सामान खरिदमा सहभागी भएकामध्ये गोलाप्रथाद्वारा काठमाडौंकी उन्नति श्रेष्ठ पहिलो हप्ताको विजेता बन्न सफल भएकी छन् ।

त्यसैगरी सुर्खेतकी ईश्वरी बिक दोस्रो हप्ता र जीतपुरका राजकुमार सोनी तेस्रो हप्ताका विजेता बन्न सफल भएका छन् । यस योजनाका सबै विजेताले २२ क्यारेट, ४ ग्राम नेट तौलको सुनको सिठ्ठी प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राका जुनसुकै सामानको खरिद गर्ने ग्राहकलाई प्रतियोगितामा सहभागी गराइएको थियो । उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याटरप्यान बिल ल्याउनुपर्ने छ । साथै उपहारमा लागू हुने कर विजेता आफैले व्यहोर्नुपर्ने छ ।


प्रकाशित : मंसिर ९, २०७८ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?