त्रिविका शिक्षक र कर्मचारीले बिनाधितो १५ लाखसम्म कर्जा पाउने 

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले नेपाल बैंकबाट बिनाधितो १५ लाख रुपैयाँसम्म कर्जा पाउने भएका छन् । बैंक र विश्वविद्यालयबीच बिनाधितो कर्जा उपलव्ध गरउने सम्बन्धी सम्झौता भएको छ ।

त्रिविका शिक्षक र कर्मचारीले बिनाधितो १५ लाखसम्म कर्जा पाउने 

विश्वविद्यालयको सिफारिसमा कार्यरत प्राध्यापक तथा कर्मचारीलाई बैंकले आम्दानीको आधारमा बिनाधितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त वास्तोला र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको रोहवरमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा अधिकारीले देशका दुई जेठा संस्थाहरुबीच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै सम्झौताबाट विश्वविद्यालयका सम्पूर्ण कर्मचारीहरु लाभान्वित हुने बताए ।

प्रकाशित : मंसिर ९, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?