भृकुटीमण्डपको जुत्ता, चप्पल मेलामा सर्वसाधारणको आकर्षण

काठमाडौँ — जुत्ता चप्पल मेलाको वृहत प्रदर्शनी राजधानीको भृकुटीमण्डपमा जारी छ । फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालले आयोजना गरेको यो प्रदर्शनी मंसिर १९ गतेसम्म सञ्चालन हुने छ । कोभिड १९ महामारीपछि प्रदर्शनी आयोजना भएकाले धेरै आकर्षण देखिएको छ ।

भृकुटीमण्डपको जुत्ता, चप्पल मेलामा सर्वसाधारणको आकर्षण

प्रदर्शनीमा नाम चलेका ३० वटा कम्पनीका ६० वटा भन्दा धेरै स्टल रहेका छन् । प्रदर्शनीमा तीन हजार भन्दा धेरै मोडलका जुत्ता चप्पल पाइने भएकाले पनि उपभोक्तालाई छनौटको प्रशस्त अवसर मिलेको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका उपाध्यक्ष तथा रन शुका प्रवन्ध सञ्चालक रुद्र न्यौपानेले मेला हरेक दिन सातदेखि आठ हजारले अवलोकन गर्ने गरेको र दैनिक करिव पाँच हजार जोर जुत्ता चप्पल बिक्री हुने गरेको जानकारी दिए । उनका अनुसार मेलामा हरेक कम्पनीले २० देखि ७० प्रतिशतसम्म छुट दिएका छन् । कतिपय कम्पनीले स्पोर्टस् शुलाई जम्मा एक हजारमा बिक्रीको अफर सञ्चालन गरेका छन् भने कतिपय स्टलले पाँच सय रुपैयाँमा दुई जोर चप्पलको अफर सञ्चालन गरेका छन् ।


प्रकाशित : मंसिर ९, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?