३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सोवा हेल्थ केयर सेन्टरले बिहीबारबाट सेवा सञ्चालन गर्ने 

काठमाडौँ — सोवा हेल्थ केयर सेन्टर ललितपुरले मंसिर ९ गते बिहीबारदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ ।ललितपुरको एकान्तकुनास्थित स्वीस् एम्बेसी नजिकै सोवा हेल्थ केयर सेन्टर सञ्चालनमा आउन लागेको हो ।

सोवा हेल्थ केयर सेन्टरले बिहीबारबाट सेवा सञ्चालन गर्ने 

सोवाले प्याथलोजी ल्याव, अल्ट्रासाउन्ड, इको, एक्सरे, टिएमटी, पिएफटी, हल्टर, एवीपी लगायतका सेवा प्रदान गर्ने जनाएको छ। विशेष सेवा अन्तर्गत कस्टमेटिक, इन्डोस्कोपी र भ्याक्सिनेसन लगायतका सेवा पनि सोवाले प्रदान गर्नेछ ।

वरिष्ठ विशेषज्ञ चिकित्सकहरू र अनुभवी व्यवस्थापकबाट सञ्चालित हेल्थ केयर सेन्टरबाट सेवाग्राहीले छिटो र छरितो सेवाप्राप्त गर्ने कम्पनीको दावी छ। हेल्थ केयर सेन्टर बिहान ७ देखि बेलुकी ७ बजेसम्म खुला रहने छ । सेवा सञ्चालनमा ल्याएको अवसर पारेर सोवाले सेवाग्राहीलाई बिहीबारदेखि एक महिनासम्म हरेक सेवामा २५ प्रतिशत छुट दिने जनाएको छ ।

सोवाले जनरल हेल्थ केयर प्याकेज, वुमेन हेल्थ केयर प्याकेज, कार्डियाक हेल्थ केयर प्याकेज, डाइविटिज केयर प्याकेज र थाइराइड प्याकेज सहितका सेवा पनि प्रदान गर्ने भएको छ । साथै घरमै गएर होम केयर सेवा तथा नमुना संकलन सेवा समेत उपलब्ध गराइने सोवाले जनाएको छ।


प्रकाशित : मंसिर ८, २०७८ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?