ग्लोबल आइएमई बैंकका ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन निशुल्क इन्टरनेट- बजार - कान्तिपुर समाचार

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन निशुल्क इन्टरनेट

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन ग्राहकलाई निशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो । यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकलाई उपलव्ध हुनेछ ।  

ग्राहकलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै हातमा पुऱ्याउने उद्देश्यका साथ यो आकर्षक योजना सार्वजनिक गरिएको ग्लोबल आइएमईले जनाएको छ । यो सुविधा दिनका लागि बैंक र नेपाल टेलिकमबीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएको थियो । बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र टेलिकमका प्रमुख व्यापार अधिकृत संगीता पहाडीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बैंकले समय–समयमा यस्ता विभिन्न योजना ल्याई ग्राहकलाई लाभ प्रदान गर्दै आएको छ । बैंकका हाल देशभर २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहीत बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर संचालनमा छन् ।


प्रकाशित : मंसिर ८, २०७८ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्

सामसङ विन्टर स्किम योजनाको तेस्रो लक्की ड्र, २१ जना विजेता

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङ मोबाइलले ग्राहकलाई लक्षित गरेर नोभेम्बर १ देखि ३० तारिखसम्म एक उपहार योजना संचालन गरिरहेको छ । जुन उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार पाउँछन् ।

उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिँदै आएको छ । योजनाको तेस्रो लक्की ड्र मंगलबार सम्पन्न भएको छ । जुन लक्की ड्रमा नोभेम्बर १३ देखि १९ तारिखसम्मको अवधिमा मोबाइल वा ट्याब खरिद गरेकालाई सहभागी गरिएको थियो ।

उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गरेका ग्राहकलाई एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था थियो । लक्की ड्र कार्यक्रम सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । बाँकी दुई हप्ताका लक्की ड्र कार्यक्रमहरुको पनि सोही पेजमार्फत् प्रत्यक्ष प्रसारण गरिनेछ ।

लक्की ड्रमा ५ ग्राम सुनको सिक्का प्राप्त गर्ने भाग्यशाली सिरीयल नम्बरहरु फेसबुक पेजमा राखिएको कम्पनीले जनाएको छ ।


प्रकाशित : मंसिर ८, २०७८ १८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×