सामसङ विन्टर स्किम योजनाको तेस्रो लक्की ड्र, २१ जना विजेता

काठमाडौँ — सामसङ मोबाइलले ग्राहकलाई लक्षित गरेर नोभेम्बर १ देखि ३० तारिखसम्म एक उपहार योजना संचालन गरिरहेको छ । जुन उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार पाउँछन् ।

सामसङ विन्टर स्किम योजनाको तेस्रो लक्की ड्र, २१ जना विजेता

उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिँदै आएको छ । योजनाको तेस्रो लक्की ड्र मंगलबार सम्पन्न भएको छ । जुन लक्की ड्रमा नोभेम्बर १३ देखि १९ तारिखसम्मको अवधिमा मोबाइल वा ट्याब खरिद गरेकालाई सहभागी गरिएको थियो ।

उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गरेका ग्राहकलाई एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था थियो । लक्की ड्र कार्यक्रम सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । बाँकी दुई हप्ताका लक्की ड्र कार्यक्रमहरुको पनि सोही पेजमार्फत् प्रत्यक्ष प्रसारण गरिनेछ ।

लक्की ड्रमा ५ ग्राम सुनको सिक्का प्राप्त गर्ने भाग्यशाली सिरीयल नम्बरहरु फेसबुक पेजमा राखिएको कम्पनीले जनाएको छ ।


प्रकाशित : मंसिर ८, २०७८ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?