द ब्रिटिस कलेजको सातौं दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ — प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौं दीक्षान्त समारोह सम्पन्न भएको छ ।

द ब्रिटिस कलेजको सातौं दीक्षान्त समारोह सम्पन्न

लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धन प्राप्त ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा अध्ययनरत विद्यार्थीहरु दीक्षित भएका छन् । कोरोना महामारीको कारण गत वर्षको दीक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भएपनि यस वर्ष भौतिक उपस्थितिमै सम्पन्न गरिएको कलेजले जनाएको छ । कार्यक्रममा उपस्थित हुन नसक्नेहरुका लागि प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको थियो ।

समारोहलाई दुई भागमा विभाजन गरिएको थियो । बिजनेश विषयका विद्यार्थीलाई बिहानको समयमा र आईटीका विद्यार्थीलाई दिउसोको समयमा दीक्षित गरिएको थियो । समारोहमा स्नातक तथा स्नातकोत्तर तहका गरी जम्मा ४१९ विद्यार्थी दीक्षित भएका हुन् । उपस्थित हुन नसकेका कलेजका सल्लाहकारहरु जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोन लगायतले समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए ।

कार्यक्रमको लागि कलेजका कार्यकारी निर्देशक तथा संस्थापक राजन कँडेल बेलायतबाट नेपाल आएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले कोरोना महामारीको समयमा पनि विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै सबैलाई बधाई दिए । उनले भने, ‘यस वर्ष हाम्रो कलेजले ब्रिटिस एक्रिडेशन काउन्सिलको पनि मान्यता पाएको हुँदा कलेजबाट डिग्री प्राप्त गर्ने विद्यार्थीहरुले अतिरिक्त सम्मान पनि पाएका छन् ।’


प्रकाशित : मंसिर ८, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?