१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

इस्लिङटन कलेजका विद्यार्थीको ‘एफवाईपी शोकेस’

काठमाडौँ — इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले सीप प्रदर्शन गरेका छन् । अध्ययनको क्रममा सिकेका र आफूले जिम्मा लिएका प्राविधिक परियोजनालाई चिनाउन प्रदर्शनी कार्यक्रम (एफवाईपी शोकेस) आयोजना गरिएको हो ।

इस्लिङटन कलेजका विद्यार्थीको ‘एफवाईपी शोकेस’

विशेषगरी सूचना प्रविधिसँग जोडिएका विषयमा केन्द्रित रही विद्यार्थीले परियोजना तयार गरेका थिए । पढाइको क्रममा सिकेका ज्ञान र क्षमतालाई प्रविधिमार्फत कार्यन्वयन गर्न कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।

पढाइपछि स्वदेश वा विदेश अध्ययन गर्न र रोजगारीको अवसर सिर्जना गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको कलेजका प्रमुख प्राज्ञिक अधिकृत रोहित पाण्डेले बताए । उनले भने, ‘निर्धारित कोर्ष पुरा गरेपछि क्षमता अभिवृद्धि लागि सजिलो हुने उद्देश्यले प्रदर्शनी आयोजना गरेका हौँ । प्रर्दशनीमा विद्यार्थीले परियोजनाको बारेमा एक अर्कालाई जानकारी गराएका थिए ।’

विद्यार्थीले लेगेसी सिस्टम, एनोभेटिभ सिस्टम, हालको समस्या तत्कालै समाधान गर्ने विभिन्न विषयवस्तु समेटिएको एप्लिकेन्सन तयार गरेका थिए । प्रदर्शनीको रोचक विषयवस्तु भनेको विद्यार्थीले जिम्मेवार प्राप्त परियोजना प्रयोजनको लागि तयार गरेको हस्तकलामा नेपालमै निर्मित समाग्री थियो । करिब २५ स्टलमध्ये केही सूचना प्रविधि तथा केही हस्ताकलाको सामग्री राखिएका थिए ।

विद्यार्थीले आफै सक्षम हुनका लागि बिजनेस स्ट्राटेजीका बारेमा व्याख्या गरेका थिए । मल्टिनेसनल ग्राहकलाई कसरी सन्तुष्ट बनाउने, उत्पादन गरेको सामान बिक्री गर्न कस्तो व्यवहार गर्ने, दैनिक जीवनमा आइपर्ने समस्या कसरी समाधान गर्न लगायतका विषय सिकाइएको थियो ।

प्रदर्शनीमा कन्ट्याक्टलेस पेमेन्ट सिस्टम, ट्राभलबडी भर्चुअल ट्राभल गाइड, थ्रिडी प्रिन्टर लगायतका वस्तुबारे जानकारी गराइएको थियो । दुई दिने प्रदर्शनी मंगलबार सकिएको थियो । प्रदर्शनीमा कलेजका विद्यार्थी, अभिभावक र विशिष्ट अथितिहरुको उपस्थिति थियो । कोभिडका कारण दुई वर्षदेखि रोकिएको प्रदर्शनीले यो वर्षबाट निरन्तरता पाउने भएको छ ।


प्रकाशित : मंसिर ८, २०७८ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?