कोकाकोलाको 'अन-ग्राउन्ड एक्टिभेसन' सम्पन्न

काठमाडौँ — कोकाकोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गरेका सम्पूर्ण कर्मचारीप्रति विशेष रुपमा समर्पित 'अन–ग्राउन्ड एक्टिभेसन'  सम्पन्न गरेको छ ।

कोकाकोलाको 'अन-ग्राउन्ड एक्टिभेसन' सम्पन्न

महामारीको समयमा अनवरत सेवामा खटिने कर्मचारीप्रति कृतज्ञता ज्ञापन गर्ने मुख्य उद्देश्यको साथ संचालन भएको एक्टिभेसन कार्यक्रम कोकाकोलाको सन २०२१ को दशैं क्याम्पेन अन्तर्गत ‘धन्यवाद’ शीर्षकको एक हिस्सा थियो।

उक्त अन-ग्राउन्ड एक्टिभेसन कार्यक्रमको दौरानमा कोकाकोलाले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं), ह्याम्स अस्पताल (काठमाडौं) लगायत नेपालका प्रमुख ५ कोभिड अस्पतालहरुसँग आबद्ध भएको थियो ।

एम्बुलेन्स सेवा प्रदायक ‘नेपाल एम्बुलेन्स सेवा’, वुमन फर ह्युमन राइट्स र क्रिएसनइनको सञ्जालअन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदार लगायत महामारीको समयमा उल्लेखनीय योगदान पुर्‍याउने अन्य १३ गैर–सरकारी संस्थाहरुसँग पनि कोकाकोलाले सहकार्य गरेको थियो । यो क्याम्पेनको दौरानमा कोकाकोलाले अग्रपंक्तिमा रहेर काम गर्ने सेवाप्रदायकहरुलाई उपहारको रुपमा उनीहरुको नाम छापिएको कोक बोत्तल र कोकाकोला कन्टोर ग्लास भएको धन्यवाद गिफ्ट बक्स प्रदान गरेको थियो ।

अभियानको बारेमा बोल्दै कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले फ्रन्टलाइन हिरोहरुलाई हृदयदेखि नै आभार व्यक्त गर्ने एउटा सानो प्रयास स्वरुप ‘धन्यवाद अन–ग्राउन्ड एक्टिभेसन’ संचालन गरिएको बताए ।


प्रकाशित : मंसिर ७, २०७८ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?