एभरेस्टका सात ब्रान्डका ग्यास साट्दा अतिरिक्त शुल्क नलाग्ने

काठमाडौँ — एभरेस्ट ग्यास ग्रुपका सात ब्रान्डका जुनसुकै ग्यास सिलिन्डर साट्दा ग्राहकले अतिरिक्त शुल्क तिर्नु नपर्ने भएको छ ।

एभरेस्टका सात ब्रान्डका ग्यास साट्दा अतिरिक्त शुल्क नलाग्ने

एभरेस्टले काठमाडौंमा एभरेस्ट, भैरहवामा त्रिशूल, सुनसरीमा कामाख्य, सुनसरीमा प्रिमा, हेटौंडामा सहारा, कैलालीमा सैपाल र धादिङमा सुगम ब्रान्डका ग्यास सिलिन्डर बिक्रीवितरण गरिरहेको छ । यी सबै ब्रान्ड एकै छातामुनि रहेको एभरेस्ट ग्यासका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए ।

‘नेपालको ग्यास बजार केही अव्यवस्थित नै छ । भनेका बेला कुनै पनि सिलिन्डर नपाइन सक्छ । तथापि उपभोक्ताले एउटा ब्रान्डबाट अर्काे ब्रान्डको सिलिन्डर परिवर्तन गर्दा अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता छ । त्यसैले एभरेस्टमार्फत सात ब्रान्डलाई एउटै छानामुनि ल्याएर उपभोक्तालाई केही सहज बनाउने प्रयास गरेका हौं ।’

यी सबै ब्रान्डबाट करिब २० लाख सिलिन्डरले लाखौं नेपालीको मन जितेको उनको भनाइ छ । करिब तीन हजार डिलरको सञ्जालमार्फत एभरेस्टले गाउँगाउँमा सेवा प्रदान गरिरहेको उनले बताए ।

यसैबीच एभरेस्टले कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको बताएको छ ।

प्रकाशित : मंसिर ५, २०७८ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?