कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

शाओमीको टीभी र फोन किन्दा ५ हजार छुट

काठमाडौँ — शाओमीले स्मार्टफोन पोको एफथ्री जीटी र मी टीभीमा ५ हजार रुपैयाँ बराबरको छुट योजना ल्याएको छ । टर्बो एमोलेड डिस्प्ले र फ्ल्यागसिप मिडियाटेक चिपसेटयुक्त यो फोनमा १२० हर्जको रिफ्रेस रेट र ४८० हर्जको टच स्याम्प्लिङ रेट छ । यो एउटा प्रिमियम स्मार्टफोन हो । 

शाओमीको टीभी र फोन किन्दा ५ हजार छुट

जसमा म्याग्लेव ट्रिगर भएकोले एक स्वीचमै गेमिङ फोनमा पनि परिवर्तन गर्न सकिन्छ । पहिले ५६ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको पोको एफ–थ्री जीटीलाई कम्पनीले अहिले छुट दिँदा ५१ हजार ९९९ मा किन्न सकिनेछ । फोनमा एक वर्षको बीमा सुविधा पनि छ ।

त्यसैगरी मी टीभीमा बिल्ट–इन प्लेस्टोर क्रोमकास्ट, सिनेम्याटिक क्वालिटी साउन्ड र उत्कृष्ट रंग संयोजन छ । एन्ड्रोइडमा चल्ने यो टीभीमा रेकमेन्डेसन् सिस्टमका साथै अहिले चलेका सबै स्ट्रिमिङ प्ल्याट्फर्म सपोर्टयूक्त छ । ३२ इन्च स्क्रिन भएको यसको तौल जम्मा ४ किलोग्राम छ । ३४ हजार ९९९ रुपैयाँ मूल्यको मी टीभीलाई ५ हजार छुट दिँदा २९ हजार ९९९ रुपैयाँमा किन्न सकिनेछ ।


प्रकाशित : मंसिर ५, २०७८ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?