कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाली बजारमा फर्माको ट्रयाक्टर 

काठमाडौँ — नेपालमा फर्माको ट्रयाक्टर सार्वजनिक गरिएको छ । युरोपेली प्रविधिको साथ भारतमा बनाइएको यो ट्रयाक्टर विश्वका विभिन्न देशमा निर्यात गर्ने गरिएको छ। यती टेक्निक फार्म प्रालि (कृषि समूह) नेपालका लागि फर्मा ट्र्याक्टरको एकमात्र आधिकारिक वितरक हो । 

नेपाली बजारमा फर्माको ट्रयाक्टर 

कृषिमा समुदायको गुणस्तर सुधार गर्न उद्यम र उद्यमशीलता विकास गर्न नयाँ ट्रयाक्टरले योगदान गर्ने कम्पनीको दावी छ । यसमा २६ एचपीदेखि १०० एचपीसमम उत्पादनको दायरा रहेको छ ।

२ ह्वील ड्राइभ र ४ व्हील ड्राइभ कन्फिगरेसन दुवैमा उपलब्ध यो ट्रयाक्टरमा बलियो संरचना, प्रोजेक्टर हेड ल्याम्पजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । साथै पावर स्टीयरिङ, आरपिटिओ, उच्च ग्राउन्ड क्लियरेन्सको विशेषता यसमा रहेको कम्पनीले जनाएको छ ।


प्रकाशित : मंसिर २, २०७८ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?