१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नबिल बैंकका ग्राहकलाई दराजको ११.११ मा क्यास ब्याक अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — नबिल बैंकले दराज (अनलाइनबजार) को ११.११ को अवसरमा ग्राहकलाई विशेष अफर ल्याएको छ । दराजसँगको साझेदरीमा कात्तिक २५ देखि मंसिर ३ गतेसम्म किनेको सामानमा डेबिट कार्डमार्फत गरेको भुक्तनीमा विशेष छुट पाउने व्यवस्था गरिएको हो ।

नबिल बैंकका ग्राहकलाई दराजको ११.११ मा क्यास ब्याक अफर

बैंकका ग्राहकले डेबिट कार्डमार्फत रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट वा अधिकतम ३ हजार रुपैयाँ क्यास ब्याक पाउने छन् । त्यस्तै क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा ३ हजार ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउने बैंकले जनाएको छ । सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।


प्रकाशित : कार्तिक २४, २०७८ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?