बजारमा चेरी टिग्गो ४ प्रो एसयूभी

कान्तिपुर संवाददाता

काठमाडौँ — शारदा ग्रुपअन्तर्गतको कम्पनी एसपीजी अटोमोबाइल्स प्रालिले नेपाली बजारमा ‘चेरी टिग्गो ४ प्रो’ एसयूभी भित्र्याएको छ ।

बजारमा चेरी टिग्गो ४ प्रो एसयूभी

नेपालका लागि चेरी अटोमोबाइल्स कम्पनीको आधिकारिक वितरकका रूपमा एसपीजी छ ।

१.५ लिटर नेचुरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लिटर नेचुरल्ली एस्पिरेटेड सीभीटी र १.५ लिटर टर्बो चाज्र्ड ९ स्पिड गिएर बक्स सीभीटी इन्जिन गरी चेरी टिग्गो ४ प्रो तीन भेरियन्टमा उपलब्ध छ ।

टिग्गो ४ प्रो १.५ लिटरको ४६ लाख २० हजार, टिग्गो प्रो ४ १.५ लिटर सीभीटीको ५२ लाख ५० हजार र टिग्गो ४ प्रो १.५ लिटर टर्बाे सीभीटीको मूल्य ५८ लाख ४० हजार रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ ।

यी गाडीमा अधिकतम टर्क उत्पादन गर्ने, राम्रो माइलेज प्रदान गर्ने, स्टोरेज स्पेसलगायत विशेषता छन् । साथै सुरक्षाका लागि एयर ब्यागसमेत रहेको कम्पनीले बताएको छ ।

प्रकाशित : कार्तिक १३, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?