कोभिड-१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई कोकाकोलाको सम्मान 

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड १९ विरुद्ध खटिएका स्वास्थ्य क्षेत्र र गैर–सरकारी संस्थाका योद्धाहरुलाई कोकाकोलाले एक कार्यक्रमका बीच सम्मान प्रदान गरेको छ ।  ‘धन्यवाद’ थिममा दशैं अभियानको एक हिस्साको रुपमा कोका–कोलाले अन–ग्राउन्ड एक्टिभेसन गर्दै आइरहेको छ ।

कोभिड-१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई कोकाकोलाको सम्मान 

कोका–कोलाले कोभिड १९ अस्पतालहरु पाटन र वीर तथा विभिन्न गैरसरकारी संस्थाहरू आरएनए–१६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लू वेस्ट २ भ्यालु र सानो पाइलालाई सम्मान गरेको छ । कोका–कोलाले अग्रपंक्तिमा संलग्न रहेर सेवा प्रदान गर्नेलाई ‘धन्यवाद’ उपहार बक्स बााड्दै आइरहेको छ । जसमा कोकको बोतल साथै कोका–कोलाको कन्टूर ग्लास समावेश छ । कोका–कोलाकी ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले वीर अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्य सेवाका अग्रपंक्तिमा कार्यरत कर्मचारीहरूप्रति सम्मान व्यक्त गरिन् ।

कार्यक्रममा वीर अस्पतालका प्राध्यापक डा. भुपेन्द्र कुमार बस्नेतले कोका–कोलाको धन्यवाद अभियानले आफूहरुलाई सम्मानित महसुस गराएको बताए । बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले विगतको डेढ वर्ष कठिनका बाबजुत फ्रन्टलाइन कामदारहरूको मद्दतले धेरै चुनौति झेल्दै बलियो बनाएको उल्लेख गरे ।


प्रकाशित : कार्तिक १०, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?