कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

एनआइसी एसिया बैंकको १५.७८९ प्रतिशत लाभांश प्रस्ताव

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआइसी एसिया बैंक संचालक समितिको ५११ औं बैठकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।  गत आवको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकले चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश (१ अर्ब ८२ करोड ५८ लाख) वितरण गर्ने प्रस्ताव गरेको हो । 

एनआइसी एसिया बैंकको १५.७८९ प्रतिशत लाभांश प्रस्ताव

बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १५ प्रतिशत बोनश शेयर र ०.७८९ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २४ औं वार्षिक साधारण सभाबाट स्वीकृति पश्चात् वितरण गरिनेछ ।

बैंकका देशभर ३५६ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन् । २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता संचालनमा छ ।


प्रकाशित : कार्तिक ९, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?