विश्वका सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीमा सामसङ इलेक्ट्रोनिक्स पहिलो नम्वरमा
काठमाडौँ — विश्वका सर्वश्रेष्ठ रोजगारदाता कम्पनी सूचीको पहिलो नम्वरमा सामसङ इलेक्ट्रोनिक्स परेको छ । विश्व प्रसिद्ध पत्रिका फोब्र्सले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार छनौटमा परेका ७ सय ५० कम्पनीलाई उछिन्दै दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफूलाई पहिलो नम्वरमा उभ्याउन सफल भएको हो ।
छनौटमा परेका विभिन्न ७ सय ५० कम्पनीमध्ये शीर्ष २० कम्पनीको प्रतिष्पर्धामा सामसङ अगाडि आउन सफल भएको हो । फोब्र्सले वर्षेनी सार्वजनिक गर्ने विभिन्न विधाको अध्ययनमा दक्षिण कोरियाली कम्पनी सामसङले अग्रस्थान कायम गर्दै आइरहेको छ ।
फोब्र्सको छनौटमा परेका शीर्ष २० कम्पनिहरुमा सामसङपछि दोस्रो स्थान आइवीएमले लिन सफल भएको छ । यस्तै तेस्रोमा माइक्रोसफ्ट, त्यसपछि क्रमश: अमेजोन, एप्पल, अल्फावेट, डेल, हुवावे, एडोव, विएमडब्लु, कोस्टको, कोकाकोला, सिस्को, एडिडास, सिमेन्स, साउथवेस्ट एयरलाइन्स, एयरवस, डा।वेइटेकर, डेसल्ट र डेल्टा कम्पनी परेका छन् ।
नेपालमा पछिल्लो समय सामसङका प्रयोगकर्ता झनै बढ्दै गएका छन् ।