कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आकर्षक बन्यो नर्भिक अस्पतालको 'आइपिडी' 

कान्तिपुर संवाददाता

काठमाडौँ — थापाथलीस्थित नर्भिक अस्पतालले आइपिडी (इन प्यासेन्ट डिपार्टमेन्ट)लाई आकर्षक बनाएको छ । ओपिडीबाट सुरु भएको नर्भिकको स्तरोन्नति गर्ने काम अझै जारी छ । यो क्रममा आइपिडीलाई अझ स्तरीय र आधुनिक बनाइएको हो ।

आकर्षक बन्यो नर्भिक अस्पतालको 'आइपिडी' 

गत फागुन ९ गतेदेखि नर्भिकले पूर्ण ‘डिजिटलाइज्ड ओपिडी’ संचालनमा ल्याएको थियो । सोही बेला भएको घोषणाअनुसार अन्य युनिटहरुको समेत स्तरोन्नति गर्ने क्रममा आइपिडीलाई विश्वस्तरीय बनाइएको अस्पतालले जनाएको छ ।

आइपिडीका सबै कोठाहरु आधुनिक साजसज्जाले सजाइएको छ । पूर्ण रुपमा विश्वस्तरीय, बिरामीमैत्री र बिरामीका कुरुवा तथा आफन्तलाई समेत सहज हुने हिसाबले पुनर्निर्माण गरी स्तरोन्नति गरिएको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

मिश्रकाअनुसार नर्भिकले आफ्नो सम्पूर्ण सेवालाई पूर्ण रुपमा डिजिटलाइज्ड गरी अत्याधुनिक बनाउने कामको ओपिडीबाट सुरुआत गरेको थियो । त्यसकै निरन्तरताको रुपमा आइपिडी समेत पुनर्निर्माण भएको हो । ‘अस्पताल हाताभित्र पुग्दा दुर्गन्ध आउने, अव्यवस्थित भीडभाडका दृष्य कसैले देख्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो’ मिश्रले भने ‘यही उद्देश्यले बिरामीको हितलाई सर्वोपरि मान्दै ठूलो लगानी थपेर यो काम गरेका हौं ।’

नर्भिकले अन्य विभाग तथा अस्पताललाई नै यही ढंगले परिवर्तन गरी सेवालाई पूर्ण आधुनिक, समयसापेक्ष र डिजिटलाइज्डको योजना बनाएको छ ।


प्रकाशित : कार्तिक ८, २०७८ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?