१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दराजको डेलिभरी सेवा ४७ बढी शहरमा विस्तार 

कान्तिपुर संवाददाता

काठमाडौँ — अनलाइन बजार दराजले देशका ४७ बढी शहरमा डेलिभरी सेवा प्रदान गरिएको जनाएको छ । देशभर यसको सेवा विस्तार गर्दै लगिने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । सन् २०१८  मा अलिबाबाद्वारा ग्रहणपछि  दराजको मुख्य ध्यान देशव्यापी पूर्वाधार निर्माणमा केन्द्रित छ ।

देशभर ईकमर्स इकोसिस्टम बनाउन नेपालको सडक सञ्जाल लगायत विविध भौगोलिक कठिनाइहरू देखिएको दराजले औंल्याएको छ ।

हाल दराजका देशभर १५ वटा वितरण केन्द्रहरु रहेको कम्पनीले जनाएको छ। बिर्तामोड, बिराटनगर, जनकपुर, वीरगन्ज, भरतपुर, पोखरा, बुटवल, धनगढी, भक्तपुर, काठमाडौंका नयाँ बानेश्वर, बालाजु गोपिकृष्ण, न्यूरोड, थसिखेल, सोल्टीमोडमा वितरण केन्द्रहरु संचालनमा रहेको दराजले जनाएको छ। ती केन्द्रबाट ४७ बढी शहरमा डेलिभरी सेवा विस्तार गरिएको दराजको भनाइ छ।


प्रकाशित : कार्तिक ७, २०७८ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?