नर्भिकमा शनिबार निशुल्क ओपिडी हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नर्भिक इन्टरनेशनल हस्पिटलको नि:शुल्क ओपिडी अभियानअन्तर्गत शनिबार(भोलि) कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको नि:शुल्क सेवा संचालन हुने भएको छ । 

नर्भिकमा शनिबार निशुल्क ओपिडी हुने

नर्भिक अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्ट डा. शैलेन्द्रप्रसाद कुशवाहाले नि:शुल्क ओपिडी सेवा दिन लागेका हुन् । डा. कुशवाहाले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुका लागि नि:शुल्क सेवा दिनेछन् ।

मुटुसँग सम्बन्धित समस्या भएका र अन्य शारिरीक अस्वस्थ्यता भएकाहरु समेत डा. कुशवाहाको नि:शुल्क ओपिडीबाट लाभान्वित हुन सक्नेछन् । नर्भिकले केही महिनाअघिदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई निशुल्क ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । नि:शुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।


प्रकाशित : कार्तिक ५, २०७८ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?